दफा ५५
कोष विघटन हुन सक्ने
देहायको अवस्थामा कोष विघटन हुन सक्नेछः– (क) नागरिक एकाङ्क योजना अन्तर्गत एकाङ्कवालालाई र लगानीकर्ता हिसाब योजना अन्तर्गत लगानीकर्तालाई फिर्ता गर्नुपर्ने रकम फिर्ता गर्न, तिर्नु पर्ने अन्य ऋण तिर्न वा यो ऐनबमोजिम काम गर्न कोष असमर्थ छ भन्ने नेपाल सरकारलाई लागेमा । (ख) कुनै मनासिब कारणबाट कोषलाई खारेज गर्ने गरी नेपाल सरकारले निर्णय गरेमा ।